बागलुङ । राष्ट्रिय जनमोर्चा तंग्रामले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राम निवासी यम बहादुर पुनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
राजमो तंग्रामका सदस्य मन बहादुर पुन, राजमो कार्यकर्ता खडक बहादुर पुन तथा समाजसेवी टीका बहादुर पुन र प्रेम बहादुर पुनका पिता यमबहादुरको ९४ वर्षको उमेरमा गत माघ २३ गते निधन भएको थियो ।
मृतक यमबहादुरप्रति शोक व्यक्त गर्दै बिहीबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा र राष्ट्रिय जनमोर्चा काठेखोलाका सचिव तथा काठेदोला गाउँ कार्यपालिका सदस्य टीका सँगम विकले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।
साथै, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, जातीय समता समाज बागलुङका सदस्य भिम विक, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष विष्णु कँडेल, सदस्य नर बहादुर थापा, अखिल नेपाल युवक संघ तंग्रामका अध्यक्ष लक्ष्मण थापा लगायतले श्रद्धाञ्जली दिनु भएको थियो ।