काठमाडौं । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।
Advertisement
निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। तर सरकारले सोमबार आयोगसँग छलफल गरेर ३० वैशाखमै स्थानीय तह निर्वाचन मिति तोकेको हो।
२०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो।
यस्तोमा निर्वाचन आयोगले वैशाख ३१ गते नै तीनै चरणका जनप्रतिनिधिको कार्यकाल सकिने राय सरकारलाई दिएको थियो ।
त्यही अनुसार सरकारले एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय लिएको एक मन्त्रीले बताए ।