धनगढी । नेकपा (मसाल) सहित विभिन्न ८ राजनीतिक दल तथा संगठनहरुले देशब्यापी आयोजना गरेको एमसीसीविरुद्धको आन्दोलन अन्तर्गत सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पनि कार्यक्रम हुँदैछ ।
राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिमका विभिन्न दलहरुसँग मिलेर संयुक्त कार्यक्रम गर्नुका साथै कतिपय स्थानमा एकल कार्यक्रमसमेत गर्ने तयारी गरेको राजमो महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
घोषित कार्यक्रम अनुसार माघ २५ गते कैलालीको लम्की, टिकापुर र सुक्खडमा संयुक्त कोणसभा हुने छ । सोही दिन डडेलधुरामा राजमोको एकल आयोजनामा मसाल जुलुस हुने छ ।
माघ २५ गते नै डोटीमा संयुक्त कोणसभा हुनेछ भने सोही दिन कञ्चनपुरको झलारीमा संयुक्त कोणसभा हुने छ ।
यसैगरी, माघ २६ गते कैलालीको धनगढीमा ट्राफिकचोकबाट जुलुस गरेर पार्कमोडमा पुगी सभा सम्पन्न हुने छ । उक्त कार्यक्रममा संयुक्त कार्यक्रम हजारौँ जनसहभागिता हुने राजमोको विश्वास छ ।