अर्जुन पराजुली
Advertisement
तिनीहरुका देशमा पनि छन्
शहीद
मेरो देशमा पनि छन्
तिनीहरुका देशमा शहीदका सपना साकार पार्न
नेताले आफ्ना सपनालाई रुखमा झुण्डाउँछन् !
मेरो देशमा
आफ्ना सपना साकार पार्न
नेताले शहीदका सपनालाई रुखमा झुण्डाउँछन् !