काठमाडौं । बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । १९ सदस्यमध्ये एक जनाबाहेक सबै गठबन्धनले जित हात पारेको हो ।
Advertisement
प्रदेश १ मा भने एक जना नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सोही प्रदेशमा दुई जना उम्मेदवारको बराबर मत आएपछि गोला प्रथाद्वार एक जनालाई विजयी घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्मा (राजेश) विजयी हुनुभएको छ । राजेश विकको विजयसँगै राजमो पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ ।
कहाँ कसले जिते, हेरौँ सूची
