महेन्द्रनगर । कञ्चनपुरमा मसला भन्ठानेर मुसाको विषादी हालेको तरकारी खाँदा पाँच जना विरामी परेका छन् ।
Advertisement
कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा विषादीयुक्त खाना खाँदा ६५ वर्षीया रमादेवी विष्टको परिवारका पाँच जना विरामी परेका हुन् ।
विषादीयुक्त खानाले ४५ वर्षीया कलावती विष्ट, १७ वर्षीया सरिता विष्ट, १४ वर्षीय समीर विष्ट र ८ वर्षीया समिक्षा विष्ट बिरामी परेपछि सेती अस्पताल धनगढी भर्ना भएको छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १४ वर्षीय समीरले तरकारीमा मसला सम्झेर मुसा मार्ने विषादी हालेका थिए । समीरकी आमा रजश्वला भएका कारण समीरले खाना बनाएको प्रहरीले जनाएको छ ।
उनले नै तरकारीमा मसला भनेर मुसा मार्ने औषधि हालेको खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।