काठमाडौं । पाँच दलीय गठबन्धनले आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा विजयी गराउन अपिल गरेका छन् ।
आइतबार संयुक्त अपिल प्रकाशित गरी गठबन्धन दलहरुले संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि जिताउन अपिल गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल प्रकाशित गर्नुभएको हो ।
‘यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठवन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनितिक स्थायित्व सुनिश्चित गर्न हामी हार्दिक अपिल गर्दछौँ’ अपिलमा भनिएको छ।
राष्ट्रिय सभाका १९ पदका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ। जहाँ पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै मैदानमा छ । मधेश प्रदेशमा भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका छन् ।