काठमाडौं । नेकपा (मसाल) ले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता पदम पौडेल (क. सितल ए) को निधनबाट पार्टीलाई गम्भीर क्षति पुगेको बताएको छ ।
Advertisement
महामन्त्री मोहनविक्रम सिंहले आइतबार शोक विज्ञप्ति प्रकाशित गरी पौडेल पार्टीको एक इमान्दार र कुशल कार्यकर्ता हुनुहुन्थ्यो भन्नुभएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई नगर समितिका सदस्य पौडेलेको शनिबार ह्रदयाघातबाट निधन भएको थियो ।
