शंकर प्रसाद पोख्रेल, प्युठान ।
अखिल नेपाल युवक संघ प्युठानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध सभा सम्पन्न गरेको छ ।
शुक्रबार बाग्दुला चोकमा मूल्यवृद्धि विरुद्व कोण सभा सम्पन्न गरेको हो ।
Advertisement
सभालाई अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपाली, जिल्ला अधय्क्ष कमल पौडेल र राष्ट्रिय जनमोर्चाका नेता धुर्व थापा लगायत बक्ताहरुले सम्बोधन गर्दै गरिब किसान विद्यार्थी लगायत आम जनताको ढाड सेक्नेगरी सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताउनु भयो ।
उहाँहरुले सरकारलाई मूल्यवृद्धि तुरुन्तै फिर्ता लिन समेत माग गर्नुभएको थियो । युवक संघ प्युठानका सचिव बरुणध्वज मल्लको सञ्चालनमा कोण सभा सम्पन्न भएको थियो ।