खिमबहादुर विक, प्युठान ।
प्युठानको झिमरुक गाउँपालिका–३ धनमुडाका राष्ट्रिय जनमोर्चा पार्टी सदस्य खोर्सलाल उपाध्यायको निधनप्रति राजमोले श्रद्धाञ्जली अर्पण गरेको छ । उपाध्यायको निधन भएको १३ औँ दिनमा उहाँकै निवासमा शोक सभाको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।
राजमो झिमरुक गाउँपालिका वडा नं३ वडा समितिको आयोजनमा भएको शोकसभामा बोल्दै अखिल नेपाल किसान महासंघ प्युठानका अध्यक्ष एवम् ३ नम्बर वडा अध्यक्ष मीन बहादुर खत्रीले उपाध्याय भौतिक रुपमा नरहे पनि उहाँले देखाएको बाटोमा निरन्तरण लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिमबहादुर विकले जीवनभर कड परिश्रम गरेर पनि कुनै लोभ लालचमा नपरी राजमोको विचारप्रति कटिबद्ध रहनुभएको बताउनुभयो । साथै उहाँले ठूलो परिवारलाई एकताबद्ध राख्न सक्नु, मिठो बोली, सहयोगी भावना र मन्त्रमुग्द पार्ने भजन किर्तनले उहाँ सधैँ हामी सबैको प्रेरणा रहनु हुनेछ भन्नुभयो ।
कार्यक्रममा जातीय समता समाज लुम्बिनी प्रदेश सदस्य एवम् प्युठान जिल्ला कोषाध्यक्ष बिनोद विक, राजमो प्रतिनिधि शोभाराम पौडेललगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मृतक उपाध्यायका छोरा गिरु पौडेलले बुबाको योगदान सम्झेर श्रद्धाञ्जली व्यक्त गर्न आउनुहुने राजमोका नेता कार्यकर्ताहरुप्रति आभार प्रकट गर्नुभयो ।
राजमो झिमरुक–३ का सचिव नवराज केसीको सन्चालन र सल्लाहकार हरि बहादुर केसीको अध्यक्षतामा भएको शोक सभामा मृतक उपाध्यायकी पत्नी जुबा पौडेललगायत परिवारजन, आफन्त र स्थानीयको उपस्थिती थियो ।