कपिलवस्तु । नेपाली युवतीसँग विवाह गरेको दुई वर्षमै श्रीमतीको हत्या गरि जलाएर फरार भारतीय ७ वर्षपछि पक्राउ परेका छन् ।
भारत सिद्धार्थनगर तहसिल नौगढका ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारले ससुराली आएको बेला २०७१ मा कपिलवस्तु कृष्णनगर नगरपालिका ६ (साविक भिल्मी गाविस) श्रीनगरमा श्रीमती किस्लावती चमारको हत्या गरेका थिए ।
२०७१ फागुन ३० गते बेलुका श्रीमती किस्लावतीलाई लिएर मुलायम चमार ससुराल आएका थिए। घरमा छोरी ज्वाइँसँगै सुतेकाले किस्लावतीका बाबु सुखराम चमार गोठमा सुत्न गए ।
सोही रात किसलावतीलाई श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा लगी मुलायमले हत्या गरी आगो समेत लगाइ उनी फरार भएका थिए।
हत्या लगत्तै फरार उनलाई मंगलबार राति साढे १० बजे जिल्लाको यशोधरा गाँउपालिका वडा नं.–६ रंगपुरस्थित दशगजा सिमानामा प्रहरीले नियन्त्रणमा लिएको हो ।