काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आइतबार सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेवारलाई देहाय बमोजिम निर्वाचन चिह्न प्रदान गरिएको छ ।
प्रदेश समूह मनोनयन दर्ता गर्ने निर्वाचन चिन्ह, उम्मेदवारको नाम राजनीतिक दल/स्वतन्त्र
प्रदेश नं. १
महिला रञ्जु प्याकुरेल राष्ट्रिय प्रजातन्त्र पार्टी हलो
जयन्ती देवी राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
सुमित्रा सुेवदी भण्डारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक हेमराज राई जनता समाजवादी पार्टी, नेपाल ढल्केको छाता
सोनाम गेल्जेङ शेर्पा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सूर्य
अन्य गोपाल कुमार बस्नेत नेपाली काँग्रेस रुख
गुरु प्रसाद बराल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अमर बहादुर विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी हलो
प्रदेश नं. २ महिला उर्मिला अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
रुपा कुमारी यादव लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल साइकल
विना देवी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अन्य महमद खालिद जनता समाजवादी पार्टी, नेपाल ढल्केको छाता
उसमान अन्सारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
बागमती
महिला गिता काप्mले नेपाल मजदुर किसान पार्टी मादल
गोमादेवी तिमिल्सीना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
निर कुमारी कुँवर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अन्य कृष्ण बहादुर तामाङ नेपाल मजदुर किसान पार्टी मादल
कृष्णप्रसाद पौडेल नेपाली काँग्रेस रुख
गोपाल शाक्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)सूर्य
गण्डकी
महिला कमला पन्त नेपाली काँग्रेस रुख
लिला पोख्रेल थनेत नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
दलित भुवन बहादुर सुनार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
अर्जुन कुमार सुनाम नेपाल कम्युनिष्ट पार्टी )एमाले) सूर्य
अन्य सुरेश कुमार आलेमगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
पुण्य प्रसाद पौड्याल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
लुम्बिनी
महिला भारती उपाध्याय खनाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
राजेन्द्रलक्ष्मी गैरे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
दलित कृष्ण सुनार नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
तुलप्रसाद विश्वकर्मा राष्ट्रिय जनमोर्चा गिलास
अन्य रामदयाल गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
युवराज शर्मा नेपाली काँग्रेस रुख
कर्णाली
महिला दुर्गा गुरुङ नेपाली काँग्रेस रुख
गंगा थापा (महत) नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक नर बहादुर विष्ट नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० गोलाकारभित्र हँसिया हथौडा
पदम बहादुर माझी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
अन्य चुडामणि शर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
उदय बहादुर बोहोरा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
सुदूरपश्चिम
महिला सन्तोष कुमारी शर्मा
(थापा) नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
मदन कुमारी शाह
(गरिमा) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कलम
दलित नरेश कुमार विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
जगत बहादुर पार्की नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र हँसिया हथौडा
अन्य डिल्लाराज भटृ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य
नारायण दत्त मिश्र नेपाली काँग्रेस रुख
निर्वाचन आचारसंहिता सोमबारदेखि लागू
राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ ।
निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न÷गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठनलाई समेत आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पदधारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था र नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ ।(रासस)