बागलुङ । अखिल नेपाल महिला संघको तंग्राममा प्रशिक्षण भेला सम्पन्न भएको छ । महिला संघ काठेखोला–४ तंग्रामको वडा प्रशिक्षण भेला सोमबार सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, अतिथिहरु अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, अखिल नेपाल भूपु सैनिक संघ बागलुङका सचिव थिरबहादुर राना, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य कमला थापा, अखिल नेपाल महिला संघ काठेखोलाका अध्यक्ष सीता किसान, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेल लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।
भेलाले हिरा विकको अध्यक्षतामा ३ सल्लाहकार सहित ३३ सदस्यीय वडा समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा चन्द्रकला पुन, सचिव कोपिला थापा (ख), सहसचिव दिलमाया किसान, कोषाध्यक्षमा जमुना थापा र सचिवालय सदस्यहरुमा ईरा विक, कमला पुन, मन कुमारी किसान, पम्फा पुन, मनरुपी थापा, सञ्जिला पुन चयन हुनुभएको छ ।
सदस्यहरुमा चन्द्रा पुन, मनिमाया पुन, छममाया पुन, बेलमति पुन, सविता थापा, जुना थापा, दिलमाया किसान (ख), छमु बोहरा, चन्द्रिका देवि पुन, खरी थापा, भद्री थापा, हिरा विक (५), पृथी थापा, कोपिला थापा (क), यमकली थापा, उजेली थापा, कुमारी थापा, चन्द्रकला पुन, गिता थापा, भविकला थापा, देवि किसान र पूर्णमाया पुन रहनुभएको छ ।
सल्लाहकारमा बिष्णुकली थापा, सीता किसान र ससीमाया थापा रहनु भएको छ । कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णु कलि थापाको अध्यक्षता, मिना पुनको सञ्चालन र हिरा विकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।