शंकर प्रसाद पोख्रेल, गुल्मी ।
राष्ट्रिय जनमोर्चा, गुल्मीले गुल्मीदरबार गाउँपालिका वार्ड न. १ बलिथुममा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रममा राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सचिव छबिलाल सर्तुङ्गीले समसामयिक राजनीति, पार्टीको आर्थिक अभियान, एमसीसी र संघीयताको दुस्परिणाम तथा राष्ट्रिय राजनीतिमा राजमोको भूमिका लगायत विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
यस्तै, राजमो गुल्मीका सहसचिव कमल अर्याल र जिल्ला सदस्य हरि नयौपानेले पनि प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको सन्चालन रक्तिम सांस्कृतिक अभियान गुल्मी जिल्ला सचिव हरि बहादुर सर्तुङ्गी र अध्यक्षता गुल्मीदरबार गाउँपालिका बलिथुम वडा समितिका अध्यक्ष नर बहादुर माच्कोटीले गर्नु भएको थियो ।