हेम बिजी ##
थाहा भयो भगौडाहरू अर्कै पार्टीमा बिलाएर जान रै’छ
क्रान्तिका सफा सबै सबै बाटाहरू हिलाएर जान रै’छ
Advertisement
पार्टीभित्र घात–प्रतिघात गर्दै हिँडेका थिए फुटपरस्तहरू
आखिर नाटक अर्कै पार्टीमा विश्वास दिलाएर जान रै’छ
यता पार्टी भत्काउने योजनाका बखेडा झिक्दै थिए
उता अर्कै पार्टीमा गलत साइनो मिलाएर जान रै’छ
आफ्नै पार्टी च्यात्दै उधार्दै धागो तान्दै हिँडेका थिए
षड्यन्त्रकारीहरू अर्कै पार्टीतिर सिलाएर जान रै’छ
बल्ल चिनियो सङ्गठन विरोधीहरू अमृत लुकाउँदै थिए
आफ्नै पार्टी क्रान्तिलाई घातक विष पिलाएर जान रै’छ