जिन्दगी दुखाउने यो पैसा कहाँ छस् ?
मेरो सारा खुसी लुकाउने पैसा कहाँ छस् ?
Advertisement
खोज्दैछु म प्रदेशको गल्ली गल्ली,
ठाडो शिर झुकाउने पैसा कहाँ छस् ?
बैरी रहेछ्स् खोज्दा न भेटिने कतै,
सर्वश्व मेरो फुकाउने पैसा कहाँ छस् ?
कपटी तँ दुनियाँ खोसिस् आफैँले,
प्रगति मेरो चुकाउने पैसा कहाँ छस् ?
भेटिन मैले जो तेरै निम्ति गल्थ्यो,
जीउ ज्यानै सुकाउने पैसा कहाँ छस् ?
नवीन बस्याल (प्युठानी), हाल जापान ।

