काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले अनुशासन उल्लङ्घन गर्ने पाँच जना व्यक्तिहरूलाई सङ्गठनबाट निष्काशित गरेको छ ।
महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७८ पुस १४ गते जारी प्रेसवक्तव्यमा यस्तो जानकारी दिइएको हो ।
गुटबन्दीमा सामेल भएको तथा विरोधी सङ्गठनमा सामेल भएकाले गरिएको कारबाहीबारे जानकारी दिइएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“अखिल नेपाल किसान महासङ्घको केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालय र अखिल नेपाल किसान महासङ्घअन्तर्गत रहेको अखिल नेपाल सुकुम्बासी सङ्घको बैठकहरूले यस सङ्गठनको घोषित नीति विपरीत अनुशासन उल्लङ्घन गरी गुटबन्दीमा सामेल भएको र कतिपय सदस्यहरू यस सङ्गठन छोडी विरोधी सङ्गठनमा सामेल भएकाले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट हट्ने गरी अनिश्चित कालका लागि निष्काशन गरिएको छ ।
उहाँहरू हुनुहुन्छ : १. कृष्ण केसी (केन्द्रीय सदस्य, अखिल नेपाल किसान महासङ्घ–अप्फा), २. कृष्ण पण्डित (केन्द्रीय सदस्य, अखिल नेपाल किसान महासङ्घ–अप्फा), ३. कृष्ण विक (केन्द्रीय सदस्य, अखिल नेपाल किसान महासङ्घ–अप्फा), ४. शिवहरि खनाल (केन्द्रीय सल्लाहकार, अखिल नेपाल किसान महासङ्घ–अप्फा), ५. तिलक विक (केन्द्रीय सदस्य, अखिल नेपाल सुकुम्बासी महासङ्घ) ।”