• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

माओ दिवसको शुभकामना दिँदै मसालले भन्यो : नयाँ जनवादी क्रान्ति अवश्यम्भावी छ


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले १२९ औँ माओ दिवसको शुभकामना दिएको छ । आइतबार प्रेस वक्तव्य जारी गरी मसाल महामन्त्री मोहनविक्रम सिंहले माओको विचारले विश्वको क्रान्तिकारी आन्दोलनलाई पथप्रदर्शन गर्ने उल्लेख गर्नुभएको छ ।

    Advertisement

    माओको सिद्धान्तले नेपाल जस्तो मुलुक र कम्युनिष्ट पार्टीका लागि गम्भीर अर्थ र महत्व राख्ने महामन्त्री सिंहले बताउनुभएको छ ।

    सोही सन्दर्भमा सिंहले कम्युनिष्ट आन्दोलनमा देखापर्ने विभिन्न भड्काव र अवसरवादविरुद्ध सम्झौताहीन संघर्ष गरेर नै कम्युनिष्ट आन्दोलनको रक्षा हुनसक्ने पनि स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    आज १२९ औँ माओ दिवसको उपलक्ष्यमा हामीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अरू उच्च रूपमा अगाडि बढाउने प्रतिवद्धता प्रकट गर्दछौँ । माओले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई उच्चतम रूपमा अगाडि बढाएर पिछडिएका तथा अर्ध सामन्ती र अर्ध औपनिवेशिक देशहरूमा समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने ? त्यसबारे नयाँ सिद्धान्तको प्रतिपादन मात्र गरेनन्, तर त्यो सिद्धान्तलाई व्यवहारिक रूप दिने ऐतिहासिक कार्य पनि गरे । उनले प्रतिपादन गरेको सिद्धान्तले खाली चीनका लागि मात्र होइन, विश्वव्यापी रूपमा महत्व राख्दछ र क्रान्तिकारी आन्दोलनलाई पथप्रदर्शन गर्दछ । आज पनि त्यो सिद्धान्तले हाम्रो लागि गम्भीर अर्थ र महत्व राख्दछ ।

    विश्व समाजवादी व्यवस्थाको पतन तथा स्वयम् चीनमा पनि पुँजीवादी व्यवस्थाको पुनस्र्थापनाका आधारमा कम्युनिस्ट विरोधीहरूले विश्वमा माक्र्सवादी–लेनिनवादी सिद्धान्त गलत सावित भएको र अब समाजवादको कुनै भविष्य नरहेको घोषण गरेका छन् र त्यसबाट क्रान्तिकारी पङ्क्तिमा पनि काफी भ्रम र निराशा पैदा हुने गरेको छ । तर माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा ऐतिहासिक भौतिकवादलाई ठीकसँग बुझ्न नसक्दा नै त्यस प्रकारको भ्रम पैदा हुने गर्दछ । तर ऐतिहासिक भौतिकवादका आधारमा समाज वा इतिहासको विकासक्रमलाई ठीकसँग बुझ्ने हो भने यो कुरामा कुनै भ्रम रहँदैन कि समाजवाद इतिहासको विकासक्रम वा भौतिक परिस्थितिले अगाडि ल्याएको अनिवार्य परिणाम हो ।

    एकातिर समाजमा उत्पन्न शोषण र उत्पीडन र अर्कातिर, उत्पादन प्रणालीमा हुँदै गएको सामाजिकीकरणको परिणामस्वरुप नै समाजमा समाजवादी सामाजिक संरचनाको विकास हुनु अनिवार्य छ । संसारको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन । पुँजीवादले समाजवाद पराजित र असफल भएको घोषणा गर्दछ । तर सत्य यो हो कि स्वयम् पुँजीवादले उत्पादन प्रणालीलाई बढी भन्दा बढी सामाजिक रूप दिएर समाजवादको लागि भौतिक आधार तयार पार्ने काम गर्दछ ।

    पुँजीवादको सबभन्दा ठूलो समस्या यो हो कि नाफा बिना त्यसको अस्तित्व रहन नै सक्दैन । नाफा बढाउनका लागि उनीहरूले लगातार उत्पादन प्रणालीलाई ठूलो रूप दिँदै जानुपर्दछ र त्यो क्रममा उत्पादनले झन् पछि झन् ठूलो र सामाजिक रूप लिँदै जान्छ । त्यसको परिणामस्वरुप उत्पादनका साधनहरूमाथिको स्वामित्व र उत्पादित सामग्रीहरूको व्यक्तिगत प्रणालीका प्रणालीका बीचमा गम्भीर प्रकारको अन्तरविरोध पैदा हुन्छ । त्यो अन्तरविरोधले पुँजीवादभित्र कैयौँ प्रकारका असङ्गति र सङ्कटहरू पैदा हुन्छन् र तिनीहरूलाई समाधान गर्नु पुुँजीवादका लागि सम्भव हुँदैन । त्यो समस्याको समाधान खालि समाजवादले नै गर्न सक्दछ । त्यसकारण पुँजीवादका गर्भबाट समाजवाद उत्पन्न हुनु बाहेक अन्य कुनै विकल्प छैन ।

    दास युगदेखि नै शोषण, उत्पीडन र वर्ग विभाजन पैदा भयो । त्यो बेलादेखि नै शोषण उत्पीडनका विरुद्ध वर्ग सङ्घर्ष पनि सुरु भयो । शोषक वर्गले वर्ग सङ्घर्षलाई दबाउनका लागि सँधै प्रयत्न गर्दै आएका छन् । तर त्यसमा उनीहरू सँधै असफल हुँदै आएका छन् । समाजमा चल्ने वर्ग सङ्घर्षका दुईवटा परिणामहरू हुँदै आएका छन् । प्रथम, वर्ग सङ्घर्षले पहिलेको सामान्य र निम्न अवस्थाबाट झन् पछि झन् उच्च, व्यापक र शक्तिशाली रूप लिँदै आएको छ । द्वितीय, विश्वका कैयौँ शोषण प्रधान व्यवस्थाहरू ढल्दै आएका छन् । विश्वको इतिहास त्यो कुराको साक्षी छ ।

    इतिहासका विभिन्न कालखण्डमा कायम रहेका सबै शोषण प्रधान व्यवस्थाहरूले आफूलाई अजय र अमर भएको कुरा बताउँदै आएका छन् । दास वा सामन्तवादी व्यवस्थाहरूले त्यही दाबी गरेका थिए र त्यसको लागि ठूलो पैमानामा दमन पनि गरेका थिए । तर ती सबै व्यवस्थाहरू ढल्दै गए । अब पालो पुँजीवादको हो । त्यसलाई आफूलाई इतिहासको सबैभन्दा श्रेष्ठ र कहिल्यै पनि समाप्त नहुने व्यवस्था भएको दाबी गर्दछ । तर इतिहासका विभिन्न कालखण्डमा कायम भएको अन्य व्यवस्थाहरू जस्तै त्यसको पनि अन्त हुने कुरा अवश्यमभावी छ ।

    नेपालमा पनि अहिले कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएको छ । तर आफ्नो कालमा नेपालको कम्युनिस्ट आन्दोलनले धेरै उपलब्धिहरू प्राप्त गरेको छ । सामन्तवादी व्यवस्थालाई ध्वस्त पार्न र सामाजिक रुपान्तरणका लागि त्यसको ठूलो योगदान रहेको छ । देशका राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको लागि पनि त्यसले लगातार सङ्घर्ष गर्दै आएको छ । निश्चय नै कम्युनिस्ट पार्टीले क्रान्तिकारी उद्देश्यहरू पूरा गर्नको लागि सङ्घर्ष गर्नुका साथै तात्कालिक राष्ट्रिय समस्याहरूका लागि संयुक्त मोर्चा नीतिका आधारमा अन्य पक्षहरूसँग मिलेर पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसरी नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा संयुक्त मोर्चा नीतिको पनि महत्वपूर्ण इतिहास रहने गरेको छ ।

    आज पनि नेपालका अगाडि जनताको लामो आन्दोलनद्वारा प्राप्त लोकतन्त्र, गणतन्त्र, बहुदलीय व्यवस्था, धर्मनिरपेक्षता आदिको रक्षा गर्ने गम्भीर जिम्मेवारीहरू छन् । एकातिर आफ्नो स्वतन्त्र पहलकदमी र अर्कातिर संयुक्त मोर्चा नीतिको आधारमा तिनीहरूको रक्षाको लागि सङ्घर्ष अगाडि बढाउने जिम्मेवारी हाम्रा अगाडि छन् ।

    विश्व कम्युनिस्ट आन्दोलन सीधा रेखामा होइन, कैयौँ प्रकारका बाङ्गाटिङ्गा बाटाहरूका बीचबाट हुँदै अगाडि बढ्दै आएको छ । त्यसले एकातिर, दुश्मनशक्तिहरूका हमलाहरूका विरुद्ध सङ्घर्ष गर्दै आउनु परेको छ भने, अर्कातिर, स्वयम् कम्युनिस्ट आन्दोलनभित्रका विभिन्न प्रकारका वैचारिक भ्रम र भड्कावहरूका विरुद्ध सङ्घर्ष गर्दै आउनु परेको छ । वास्तविकता त अरू यो हो कि विश्व समाजवादी व्यवस्थाको पतन वा विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुग्नुका पछाडि स्वयम् कम्युनिस्ट आन्दोलनभित्र देखा परेका विभिन्न प्रकारका अवसरवादी विचार र भ्रमहरूको ठूलो भूमिका रहने गरेको छ ।

    त्यसैले विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्स, एङ्गेल्सको समयदेखि नै पार्टीभित्र गलत सोचाइहरूका विरुद्धको सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक सङ्घर्षले अत्यन्त ठूलो महत्व राख्ने गरेको छ । त्यस प्रकारको सङ्घर्षले नै कम्युनिस्ट आन्दोलनलाई जीवित राख्ने गरेको छ । हाम्रो पार्टीको इतिहासमा पनि त्यस प्रकारको अन्तरसङ्घर्षको लामो इतिहास रहेको छ र आज पनि हामी त्यस प्रकारको सङ्घर्षका बीचमा छौँ ।

    त्यो लगातार चलिरहने प्रक्रिया हो । एउटा गलत विचारलाई पराजित गरेपछि पुनः नयाँ गलत विचारहरू पैदा हुने गर्दछन् र तिनीहरूका विरुद्ध नयाँ प्रकारले सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको अजेय सिद्धान्तले हामीलाई लगातार पार्टीबाहिरका वा भित्रका सबै प्रकारका हमला वा गलत विचारहरूका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्नको लागि प्रेरणा, शक्ति र उर्जा दिन्छ ।

    अन्तमा आज माओदिवसको उपलक्ष्यमा हाम्रा अगाडि अन्तराष्ट्रिय स्तरमा वा देशभित्र पनि आफ्ना क्रान्तिकारी उद्देश्यहरू पूरा गर्न वा देश, समाज, पार्टी र क्रान्तिको सेवाको लागि प्रतिवद्ध भएर अगाडि बढ्नको लागि हामीले प्रण गर्नुपर्दछ, त्यो नै माओप्रतिको हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ ।

    २०७८ पौष ११ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.