दैलेख । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वार्ड नं ४ तुर्सुमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गिरीप्रसाद बुढा तथा राजमो दैलेखका जिल्ला सहसचिव नरबहादुर सिंहको विशेष उपस्थितिमा आइतबार सो भेला भएको हो ।
भेलाले कमलराज अधिकारीको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय जनमोर्चा ४ नं. वडा समिति गठन गरेको छ । जसमा सचिव, कोषाध्यक्ष र सदस्यहरूमा क्रमशः दानबहादुर केसी, हरिबहादुर बिसी, खड्कबहादुर विसी, साबित्रा बुढा, कर्ण बहादुर बुढा र पृथ्वी बुढा रहनुभएको छ।