कमल पौडेल, प्युठान ।
प्युठानको मल्लरानी गाउँपालिका वडा न. १ मा राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजमो मल्लरानी–१ का अध्यक्ष रुमान केसीको अध्यक्षता सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्का प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रशिक्षण दिँदै खड्काले राष्ट्रिय जनमोर्चा सैद्धान्तिक र राजनैतिक रुपमा देस र जनताका लागि सबै पार्टीहरु भन्दा अगाडि रहेकोले बताउनुभयो ।
उहाँले सबै नेपाली नागरिकह–लाई राजमोमा गोलबन्ध हुन पनि आग्रह गर्नुभयो ।

राजमोका पूर्वकेन्दीय सदस्य वाशुदेव पोखरेलले ठूला दलहरूले लिएको गलत नीतिका कारण भोलिका दिनमा हामी नेपाली रहन पाउने कि नपाउने भन्ने प्रश्न उठेको बताउँदै सत्ता र पदको लागि देशलाई नै खतरा पुग्ने गरी विदेशीहरुसँग सौदाबाजी गरिरहेको आरोप लगाउनुभयो ।
कार्यक्रममा अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कमल पौडेल, राजमो मल्लरानीका अध्यक्ष सूर्य बहादुर नेपालीलेसमेत समसामयिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियोे ।
रुमान नेपालीको स्वागत र वामदेब पौडेलले सञ्चालन गर्नु भयको भेलाबाटै राधा विकको अध्यक्षता मा १५ सदस्यीय अखिल नेपाल महिला संघ माल्लरानी–१ वडा समिति समेत गठन भएको छ ।