केरसिंह अदै, कपिलवस्तु ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै कपिलवस्तुमा क्रियाशील ४ राजनीतिक दलले विरोध सभा सम्पन्न गरेका छन् ।
कपिलवस्तु चार नम्बरको जीतपुरमा भएको विरोध सभालाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, नेकपाका जिल्ला सेक्रेटरी कमल केसी, नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम धनेश्वर पोखरेल र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले सम्बोधन गर्नु भएको थियो । त्यसक्रममा उहाँहरुले एमसीसी सम्झौता खारेज नहुन्जेल आन्दोलन निरन्तर जारी रहने चेतावनी दिनुभएको थियो ।
बुङ्चि क्याम्पसबाट जुलुससहित नाराबाजी गर्दै जीतपुर बजार परिक्रमा गरि सभामा परिणत भएको थियो ।
विरोध सभाको अध्यक्षता राजमोका अध्यक्ष दधिराम आचार्यले गर्नु भएको थियो भने सञ्चालन अखिल (क्रान्तकारी)का जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले गर्नु भएको थियो ।