काठमाडौं । प्रतिनिधि सभा बैठक अनिश्चित कालकालागि स्थगित भएको छ । मंगलबार बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेको थियो ।
Advertisement
एमालेको चर्का नाराबाजी बीच प्रतिनिधिसभाको बैठकमा २ वटा अध्यादेश स्वीकृत गरिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गर्नु भएको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो ।
बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गर्नु भएको थियो । तर सो प्रस्ताव बहुमत अस्वीकार भएको थियो ।
सो अध्यादेश स्वीकृत भएपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।