• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमसीसीका मतियारलाई कारबाही गर्नुपर्छ, कार्यदलको औचित्य छैन : केसी


  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी सम्बन्धमा टुंगो लगाउन बनेको कार्यदलको औचित्य नभएको बताउनुभएको छ । सो कार्यदल जनता भुलाउने र झुक्याउने षडयन्त्र मात्रै भएको उहाँको भनाई छ ।

    Advertisement

    सोमबार बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा अन्तर्वार्ता दिँदै अध्यक्ष केसीले एमसीसी खारेज गर्नुको कुनै विकल्प नभएको स्पष्ट पार्नुभएको छ ।

    आइतबार बसेको सर्वदलीय बैठकले एमसीसीबारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष झलनाथ खनाल, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

    • नारायणकाजीले मोहनविक्रमसँग भने : गठबन्धन तोडेर एमसीसी पास गर्ने षड्यन्त्र भयो

    सो कार्यदललाई ‘जनता झुक्याउने षडयन्त्र’ को संज्ञा दिँदै अध्यक्ष केसीले एमसीसीका मतियारलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

    ‘कार्यदल जनतालाई झुक्याउने र भुल्याउने षडयन्त्र हो । यो नेपाल र नेपालीको हितमा छैन । अब एमसीसीका मतियारलाई कारबाही गर्नुपर्छ । अनेक नाटक गरेर अमेरिकी साम्राज्यवादको पासो नेपाली जनताको घाँटीमा बेर्न पाइँदैन’ केसीले भन्नुभयो, ‘नेपाललाई एमसीसी बोकाएर सत्ताको दुनो सोझ्याएको जनताले थाहा पाइसकेका छन् । अब अमेरिकी साम्राज्यवादका गोठालाहरुको हार हुन्छ ।’

    अध्यक्ष केसीले ५ दलीय गठबन्धनमा सामेल हुनु अमेरिकी साम्राज्यवादको एजेन्ट भएर देश बेच्नु नभएको स्पष्ट पार्नुभयो।

    • एमसीसी तत्काल संसदमा पेश नहुने, सर्वदलीय बैठकमा भएन सहमति

    केसीले भन्नुभयो, ‘यहाँ आफू सत्ता र शक्तिमा बस्न अमेरिकी साम्राज्यवादको दलाली गरिरहेका छन् । तिनलाई नेपाली जनताले चिनिसकेका छन् । राजमो देशभक्त शक्ति हो, एमसीसीमा मद्दत गर्ने राष्ट्रघाती हो । ५ दलीय गठबन्धनमा सामेल हुनु भनेको अमेरिकी साम्राज्यवादका एजेन्ट भएर देश बेच्नु हो र ? राजमोले सार्वभौमसत्ताको सौदाबाजी गरेर सत्ता र शक्तिमा रजाइँ गर्दैन ।’

    उहाँले एमसीसी पास गर्ने षड्यन्त्र भए सडकदेखि संसद्सम्म राजमो विरोधमा उत्रने चेतावनी पनि दिनुभयो। कर्णाली, महाकाली भारतलाई बुझाएर नेपालको उन्नती हुन्छ भननेहरुले नै एमसीसीको आशीर्वाद लिन खोजेको केसीको आरोप थियो ।

    ‘यहाँका नेताले माथिल्लो कर्णाली, महाकाली बुझाए, श्रम शक्ति अरबको खाडीमा पठाएका छन् । के त्यस्तो गर्ने लाइसेन्स नेपाली जनताले दिएका थिए?’ अध्यक्ष केसीले प्रश्न गर्नुभयो, ‘एमसीसी पास गर्न अहिले शेरबहादुर मात्र होइनन्, खड्गप्रसाद ओलीले पनि अमेरिकी साम्राज्यवादको आशीर्वाद लिन खोजेका थिए । प्रचण्ड र माधव नेपाल पनि नजिकै चुनाव नभएको भए पास गर्न तयार हुन्थे । अहिले अमेरिकालाई देखाउन नाटक गर्न खोजिरहेका छन् ।’

     

    सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.