बागलुङ । राष्ट्रिय जनमोर्चा, बागलुङले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत काठेखोला गाउँपालिका–४, तंग्राममा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो राष्ट्रिय परिपद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष तिलक थापाले प्रशिक्षण दिँदै ठूला भनिएका पार्टीहरुले राष्ट्रिय स्वासधनताको मुद्दामा पटक पटक धोका दिएको ईतिहास स्मरण गराउँदै राष्ट्रहित विपरितको एमसीसी परियोजना पारित हुन नदिन आन्दोलनमा होमिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन, जातीय समता समाज बागलुङका सचिव तथा काविक लगायतले प्रशिक्षण मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुन, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सदस्य थमन पुन, राजमो तंग्राम ६ नं टोल समितिका अध्यक्ष कुल प्रसाद छन्त्याल, ७ का अध्यक्ष टेक बहादुर पुन लगायतको आतिथ्यता रहेको थियो।
राजमो वडा समितिका अध्यक्ष विष्णु कडेलको अध्यक्षतामा अगाडि बढेको कार्यक्रमको स्वागत थिर बहादुर रानाले गर्नु भएको थियो भने सञ्चालन किष्ण विकले गर्नु भएको थियो।