काठमाडौं ।सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
Advertisement
सरकारले उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पुस १ गते बसेको मन्त्रिपरिषद बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।