कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरको आयोजनामा गैँडाकोट वडा नं. ११ को वडा भेला सम्पन्न भएको छ ।
Advertisement
२०७८ मङ्सिर २६ गते भेडाबारीमा सम्पन्न उक्त भेलामा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा ट्रेड युनियनका शालिकराम सापकोटा, राजमो नगर अध्यक्ष कृष्ण सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।
रूपनारायण महतोको सक्रियतामा सम्पन्न त्यस भेलाले खिलेश्वरी धितालको अध्यक्षतामा देवीलाल आले उपाध्यक्ष, भोजबहादुर महतो सचिव, धन बहादुर सुर्पाक मगर कोषाध्यक्ष र राजकुमार महतो, तुलबहादुर बोहोरा, विजय महतो, गोविन्द महतो, बुद्धबहादुर सुनार, शेरबहादुर सुनारी मगर सदस्य रहेको राजमो वडा समिति गठन गरेको छ ।