महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले एमसीसी खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरेको छ ।
राजमोले यही मंसिर २६ गतेसम्म देशैभर एमसीसीविरुद्ध विरोध कार्यक्रम तय गरेअनुसार कञ्चनपुरको झलारी बजारमा शनिबार सभाको आयोजना गरिएको हो ।
‘गणतन्त्र ,रास्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयताको खारेजी एवम् एमसीसी सम्झौताको बिरोध गरौं’ भन्ने नाराको साथ कार्यक्रम आयोजना गरिएको थियो ।

सभामा राजमो प्रदेश सचिव राजाराम चौधरी, जिल्ला अध्यक्ष राम बहादुर कार्की, नेकपा (मसाल)का प्रवक्ता लक्ष्मीदत्त बडुले मन्तब्य राख्नु भएको थियो ।
राजमो कार्यालय सचिव लालबहादुर कुवँर र अन्टुकका सुदूरपश्चिम प्रदेश संयोजक जनक कुवँरको पनि आतिथ्यता रहेको थियो ।
जिल्ला सचिव अहिमान थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता राजमो शुक्लाफाँटा नगर अध्यक्ष टुङे बोहराले गर्नु भयो ।

कुण्डामा प्रशिक्षण भेला
यसैबीच राजमोले कञ्चनपुरको बेलौरी नगरपालिका–९ कुण्डामा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
भेलामा राजमो सुदूरपश्चिम प्रदेश सचिव राजाराम चौधरी र जिल्ला अध्यक्ष रामबहादुर कार्कीले समसामयिक राजनीतिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
भेलामा राजमो नेताहरु रङ्ग बहादुर चौधरी, राजकुमार चौधरी, अन्तराम चौधरी, गोपाल चौधरीको आतिथ्यता रहेको थियो ।
भेलाले चुन्नव चौधरीको अध्यक्षतामा ३१ सदस्यीय टोल समिति पनि चयन गरेको छ ।