बुटवल । राष्ट्रिय जनमोर्चा नगर समिति देवदहको नगर भेला सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चाले देशब्यापी सञ्चालन गर्न लागेको आर्थिक अभियानलाई मद्दत गर्न भेलाको आयोजना गरिएको हो ।
Advertisement
कार्यकर्ता भेलामा देशको राजनैतिक अवस्था, पार्टीको जिम्मेवारी, आर्थिक अभियान बारे राजमो केन्द्रीय सदस्य नारायण जिसी र राजमो प्रतिनिधि भिमलाल न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल महिला संघका जिल्ला समितिबाट धनकुमारी थापा र नगरबाट ताराथापाको पनि आतिथ्यता रहेको थियो । कार्यक्रम नगर अध्यक्ष हरि केसीको अध्यक्षता,धनु पाण्डेको सञ्चालन र सचिव भोजराज विकले स्वागत गर्नुभएको थियो ।