शंकर प्रसाद पोख्रेल, गुल्मी ।
राष्ट्रिय जनमोर्चा, प्युठानका नेताद्वय सिताराम थापा र अमरसिंह बिटालुले पार्टी विरोधी तत्वले फैलाएको भ्रमममा नपर्न आग्रह गर्नुभएको छ । प्युठानबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिकाले आफूहरुको समेत नाम जोडेर पार्टीविरुद्ध भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै उहाँहरुले त्यसको खण्डन गर्नुभएको हो ।
राष्ट्रिय जनमोर्चा प्यूठानका जिल्ला समिति सदस्य, तथा गौमुखी गाउँ समितिका उपाध्यक्ष सिताराम थापा र जातीय समता समाज गौमुखी गाउँ समिति अध्यक्ष अमर सिंह बिटालुले संयुक्त विज्ञप्ति प्रकाशित गरी भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ ।
सो पत्रिकाले प्युठानमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्ण खड्काले बेग्लै समिति बनाएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गरेको थियो । उक्त समाचारप्रति नेता खड्काले आपत्ति जनाउनुभएको छ भने कथित समितिमा नाम जोडिएका पाँच जना सदस्यले यसअघि नै समाचारको खण्डन गर्नुभएको थियो ।
यो पनि : भ्रमको खेती नगर्न राजमो प्युठानका अध्यक्ष खड्काको चेतावनी