• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भ्रमको खेती नगर्न राजमो प्युठानका अध्यक्ष खड्काको चेतावनी


  •   बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानका अध्यक्ष एवम् केन्द्रीय सदस्य कृष्ण खड्काले आफू र राष्ट्रिय जनमोर्चाको बारेमा भ्रम पार्ने प्रयास भइरहेको भन्दै भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ । प्युठानबाट प्रकाशित एउटा पत्रिकामा खड्काको नेतृत्वमा मसालको बेग्लै समिति बनेको भन्ने समाचार प्रकाशित भएपछि खड्काले आपत्ति जनाउनुभएको हो ।

    Advertisement

    ‘म र हाम्रो पार्टीविरुद्ध भ्रम फैलाउन प्युठानमा विभिन्न तत्वहरु सक्रिय भएका छन् । पत्रिकामा आएको हल्लाबाट भ्रमित नहुन म सबैसँग आग्रह गर्छु’ खड्काले युगदर्शनसँग भन्नुभयो, ‘बेग्लै पार्टी बनाएको भनेर नाम जोडिएका अन्य साथीहरुले समेत खण्डन गरिसक्नुभएको छ । प्युठानमा राजमो एक ढिक्का छ ।’

    उहाँले सो पत्रिकाका सम्पादकसँग किन भ्रमपूर्ण समाचार छापेको र समाचारको स्रोत के हो भनेर आफूले सोधेको तर कुनै जवाफ नदिएको बताउनुभयो । उहाँले विरोधी दल तथा पार्टीबाट निश्कासित व्यक्तिहरुले भ्रम फैलाएको हुनसक्ने आशंका पनि गर्नुभयो ।

    नेता खड्काले राष्ट्रिय जनमोर्चाले एमसीसी खारेजीको माग गर्दै गरिरहेको देशब्यापी विरोध कार्यक्रम अन्तर्गत यही मंसिर २६ गते झिमरुक गाउँपालिकाको मच्छिमा विरोध सभा राखिएको र आफू त्यसको तयारीमा रहेको जानकारी पनि दिनुभयो ।

    यस्तै, बेग्लै पार्टीमा सामेल भएका भनिएका अन्य सदस्यहरुले पनि समाचारमा कुनै सत्यता नरहेको र आफूहरु राजमोको विभिन्न जिम्मेवारीमा रहेका स्पष्ट पारेका छन् ।

    प्युठान नगरपालिका–५ का पिमे राना र दुर्गाप्रसाद भुसाल, सोही नगरपालिका वडा नं ३ का चेतनाथ योगी, वडा नं ६ का हिरा भण्डारी र मल्लरानी गाउँपालिकाका गुणेन्द्र बहादुर बस्नेत क्षेत्रीले संयुक्त विज्ञप्ति प्रकाशित गरी भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ ।

    ‘हाम्रो व्यक्तिगत छविमाथि गम्भिर आँच आउने गरी प्रकाशित गरियको समाचार तथ्यहीन भएकाले र हाम्रो राजनीतिक जीवनको पृष्ठभूमिसमेत धमिलाउने गरी यस्ता प्रकारको समाचार प्रकाशित नगर्नको लागि सुझाव दिँदै यस्ता प्रकारको झुट समाचारप्रति खेद प्रकट गर्दछौँ’ उहाँहरुले भन्नुभएको छ ।

    बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.