फेरिन्छ समाज युवाको छाल आउनु पर्छ
राष्ट्रिय एकताकै अब ताल आउनु पर्छ ।
Advertisement
दुःख त खेपेकै थियौं हामी सीमा मिचिएर
यथार्थ खोज्न जनको भूचाल आउनु पर्छ ।
बोलाऊ तिमीले जगत सडकमा आउँछ
मिचाहा मास्न बन्दुककै नाल आउनु पर्छ ।
मानव समाजलाई सेवामा मनन गरौं
हुन्छ जित विश्वासकै र्खाल आउनु पर्छ ।
सत्ताका मालिक बुझ जनता जनार्दन हुन्
उनकै आस्था खुशी यही साल आउनु पर्छ ।
राम गैरे ‘पाल्पाली’