बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा नं. २ हुग्दीसिरको थाप्ले–डाडाकटेरी टोल समितिको भेला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माको विशेष उपस्थितिमा २०७८ मङ्सिर १४ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, अखिल नेपाल खेलकुद महासङ्घका प्रेम थापा, अखिल नेपाल युवक सङ्घ बरेङका अध्यक्ष दुर्गाबहादुर थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका धनबहादुर केसीले मन्तव्य राख्नुभएको थियोे ।
भेलाले खुमराज शर्माको अध्यक्षतामा पाँच सल्लाहकारसहित १५ सदस्यीय राष्ट्रिय जनमोर्चा थाप्ले–डाडाकटेरी टोल समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष तुलबहादुर राना, सचिव गोविन्द थापा, सहसचिव जीवन राना, कोषाध्यक्ष तिलकुमारी थापा तथा सदस्यमा कर्णबहादुर थापा, फटिक थापा, टेकबहादुर थापा, भूमा थापा, तुलाचन थापा, रामु थापा, चीनबहादुर थापा, कमल थापा, रमेश थापा र नरबहादुर थापारहनु भएको छ ।
समितिको सल्लाहकारमा दुर्गबहादुर थापा, लिलबहादुर थापा, धनबहादुर क्षेत्री, डिलबहादुर थापा र ठगबहादुर थापा रहनुभएको छ ।
ठुटेलाकुरीमा पनि प्रशिक्षण
सोही दिन राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्रामको ठुटेलाकुरी–नम्मु टोल समितिको प्रशिक्षण कार्यक्रम राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापाको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा र राष्ट्रिय जनमोर्चा तङ्ग्रामका अध्यक्ष विष्णु कँडेलले प्रशिक्षण दिनुभएको थियोे ।