वीरेन्द्रनगर । प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेश समितिको साहित्यिक पत्रिका “रातो जुन” को तेस्रो अङ्क विमोचन भएको छ ।
२०७८ मङ्सिर ११ गते शनिबार “रातो जुन” तेस्रो अङ्क विमोचन एवम् समीक्षा तथा नवौँ साहित्य यात्रा सुर्खेतस्थित राष्ट्रिय जनमोर्चाको सभाहलमा सम्पन्न भएको हो ।
प्रलेस कर्णाली प्रदेश समितिका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रलेसकै केन्द्रीय सदस्य डा. दीपक गौतम हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा सुर्खेत जिल्लास्थित लेखक तथा साहित्यकारहरू पूर्णबहादुर शाही, सिद्धबहादुर खड्का, टीकाप्रसाद पोख्रेल, नारायणप्रसाद न्यौपाने, जागेश्वर नेपाल, साकार नेपाल, मीनराज पन्त, सर्जनसिंह ठकुरीलगायतका हुनुहुन्थ्यो ।
कार्यक्रमको सञ्चालन प्रलेस कर्णाली सचिव हरिलाल महताराले गर्नुभएमो थियो भने हस्त रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहिदको सम्झनामा मौनधारणपश्चात् सुरु भएको सो कार्यक्रममा सहभागी सबै स्रष्टाहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

