काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन आग्रह गर्नुभएको छ ।
युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज मंगलबार मन्त्रालयमा भएको सिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा उद्योगलाई कालो सूचीमा राखेकाले हटाइ दिन आग्रह गर्नुभएको हो ।
मन्त्री आलेको आग्रह पछि निर्देशक पाम्पोलोनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वायुसेवा निगमलाई कालो सूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालो सूचीबाट हट्ने छ ।’ भेटका क्रममा दुइ पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो ।
नेपाल–सघ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि इयुका प्रतिनिधी काठमाडौँमा रहेका छन् । बैठक भोलि (बुधबार) देखि सुरु हुने छ।