• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आगामी निर्वाचनमा एमाले र राजावादीसँग सहकार्य नगर्ने राजमोको निष्कर्ष


  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा नेकपा (एमाले) र राजावादी शक्तिसँग सहकार्य नगर्ने भएको छ । कात्तिक ३० गते बुटवलमा सम्पन्न बैठकले आगामी निर्वाचन आफ्नै सांगठनिक शक्तिका आधारमा लड्ने भन्दै एमाले र राजावादीसँग सहकार्य नगर्ने स्पष्ट गरेको हो ।

    Advertisement

    बुधबार एक वक्तव्य प्रकाशित गरी राजमोले ५ दलीय गठबन्धन कायम राख्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ । गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको राजमोले जनाएको छ । त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्राज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेको राजमोको ठहर छ ।

    अध्यक्ष चित्रबहादुर केसीले जारी गर्नुभएको वक्तव्यमा अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने उद्देश्यले गठबन्धन टुटाउन प्रयास गरिरहेको बताउनुभएको छ ।

    यस्तै, बैठकले अझै प्रतिगमनको खतरा औँल्याउँदै देशलाई प्रतिगमन तर्फ जान नदिन प्रधानन्यायाधीशको राजीनामाको विषयलाई तत्कालका स्वीकार नगर्ने निष्कर्ष निकालेको छ ।

    वक्तव्यको पूर्णपाठ :
    राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको बैठक कार्तिक ३० गते बुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. बैठकमा देशको समग्र राजनीतिक परिस्थितिबारे छलफल भयो । संसदको पुनस्र्थापना तथा ओली सरकारको पतन भएर तत्कालका लागि प्रतिगमन परास्त भए पनि ओली पक्षबाट लगातार संसद सञ्चालनमा पु-याएको अवरोध, माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्न अदालतमा दायर गरेको मुद्दा, भारतीय साम्राज्यवादले आफ्ना एजेण्डा नेपालमा लागू गर्न ओली पक्षलाई उपयोग गरिरहेको सम्पूर्ण पक्षमाथि ध्यान दिदा देशमा प्रतिगमनको खतरा कायम रहेको छ । त्यसका विरुद्ध लड्न वा संघर्ष गर्न तथा देशलाई प्रतिगमतर्फ जान नदिन ५ दलीय गठबन्धनको अहिले पनि आवश्यकता र औचित्य भएकोले ५ दलीय गठबन्धनको निरन्तरताका लागि हाम्रो दलले जोड दिन्छ ।

    २. ५ दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको छ । त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्रज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय गठबन्धनलाई टुटाउनका पछाडि ती शक्तिहरुका बेग्लाबेग्लै उद्देश्यहरु रहेका छन् । अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने उद्देश्यले काम गरेको छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा रहेको छ । नेपाली काँग्रेसभित्रबाट तथा अमेरिकी साम्राज्यवादबाट ने।का।को नेतृत्वमाथि दबाब रहेको छ । त्यसका वाबजुत पनि ५ दलीय गठबन्धनमा आवद्ध माओवादी र एकिकृत समाजवादी एमसीसीलाई संशोधन नगरी संसदबाट पारित गरिनु हुन्न भन्ने पक्षमा छन् भने हाम्रो पार्टी दृढ रुपमा एमसीसीका विरुद्ध रहेको छ । त्यसैले गर्दा ५ दलीय गठबन्धनमा फुट पार्ने गरी तत्कालका लागि एमसीसी संसदमा प्रस्तुत गर्न र त्यसलाई पारित गर्न ने।का। का लागि त्यति सजिलो छैन । त्यो कारणले नै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत एमसीसीको कुनै उल्लेख नगर्नु त्यसैको परिणाम हो ।

    ३. सर्वोच्च अदालतको सुधारका लागि प्रधानन्यायाधीशका विरुद्ध चलिरहेको आन्दोलनप्रति हाम्रो पार्टीले ऐक्यबद्धता प्रकट गर्दछ । त्यसका साथै प्रधानन्यायाधीशका विरुद्ध उठिरहेका बेग्ला बेग्लै मतमाथि पनि हाम्रो ध्यान छ । न्यायीक ढंगबाट प्रधानन्यायाधीशका विरुद्ध उठेको आवाजलाई हामीले समर्थन गर्दछौँ । तर प्रधानन्यायाधीशले संसदको पुनस्र्थापनाको फैसला गरेका कारण त्यसबाट आक्रोशित प्रतिगामी तथा एमालेले गरिरहेको विरोधको उद्देश्य त्यो फैसला गलत थियो भन्नेमा नै बढी केन्द्रीत छ । यस्तो स्थितिमा देशको राजनीतिलाई प्रतिगमन तर्फ जान नदिन प्रधानन्यायाधीशको राजीनामाको विषयलाई तत्कालका लागि हाम्रो दलले स्वीकार नगर्ने निष्कर्ष निकालेको छ ।

    ४. बैठकले आगामी दिनहरुमा हुने निर्वाचन सम्बन्धमा समेत बैठकमा छलफल भइ निर्वाचन सम्बन्धी नीति जारी गरेको छ । निर्वाचनमा हाम्रो दलले प्रतिगमनको पक्षमा रहेका राजावादी र एमालेसँग कुनै पनि स्तरमा सहकार्य नगर्ने नीति पारित गरेको छ । आगामी निर्वाचनमा ५ दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने हाम्रो नीति भए पनि चुनावको सम्पूर्ण तयारी एकल वा आफ्नै सांगठनिक शक्तिका आधारमा लड्ने उद्देश्यले नै गर्नु पर्ने विषयमा बैठकले जोड दिएको छ ।

    ५. वर्तमान देउवा सरकारलाई हाम्रो दलले सरकार बाहिर रहेर समर्थन गरेको छ । सरकार गठन भएदेखि यता जनजीवीका तथा राष्ट्रियताका समस्या झन् विकराल भएका छन् । महङ्गीमा बृद्धि भएको छ । राष्ट्रियताको सवालमा जस्तै कालापानीमा भारतीय सैन्य उपस्थिति, दार्चुलाको आकाशमा भारतीय हेलिकोप्टरको उडान, जयसिंह धामीको भारतीय सुरक्षाकर्मीद्वारा हत्या, सुस्तामा हालै भएको भारतीय आक्रमणको विषयमा समेत सरकारले भारतका सामु दृढतापूर्वक कुरा राख्न नसकेकोमा राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ ।

    ६. हाम्रो दलले देशव्यापी रुपमा यही मंसिर र पौष २ महिना आर्थिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त अभियानको सफलताको लागि सबैसँग अपील गर्दछ ।’

    मितिः२०७८ मंसिर १ गते
    चित्रबहादुर के.सी.
    अध्यक्ष

    बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.