काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ ।
प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले माग्नु भएको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उहाँले विश्वासको मत प्राप्त गर्नु भएको घोषणा गर्नु भएको हो ।
बैठकमा मुख्यमन्त्री राईले राख्नु भएको विश्वासको मतको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत प्राप्त भएको थियो । प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु उपथित हुनु भएको थियो ।
मत दिन्न भन्ने पक्षमा भने कुनै पनि मत परेको थिएन । प्रदेश नम्बर १ प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्या ९२ जना छ ।
नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । यस अघि उहाँले प्रदेशसभामा विश्वासको मत माग्दै प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।