काठमाडौं । प्रदेश २ उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय बर्खास्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सहभागी गराउन मन्त्री रायलाई राजीनामा दिन दिएको निर्देशन अटेर गरेपछि बर्खास्त गरिएको हो ।
Advertisement
मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।
उनी प्रदेश सरकार स्थापनाको समयमै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट महेन्द्र राय यादवको कोटामा मन्त्री बनेका थिए।
पछि उनी महन्त ठाकुर पक्षको किता फेरेर मन्त्री पद जोगाएका थिए।