शंकर प्रसाद पोख्रेल, तम्घास ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ । जिल्लाको सदरमुकाम र आसापासका क्षेत्रमा बन्दको असर परेको छ ।
Advertisement
जिल्लाका विभिन्न ठाउँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु सञ्चालनमा आएका छैनन् भने स्कुलहरु पनि खुलेका छैनन् ।
त्यसैगरी सदरमुकाम तम्घास बजारमा बन्दको असर देखिएको छ । बजार पसलहरु अधिकांश बन्द देखिन्छन् । सुरक्षाकर्मीका गाडी, प्रेस, एम्बुलेन्स, फाट्टफुट्ट रुपमा मोटरसाइकल बाहेक अरु सवारी साधन चलेको देखिन्न ।