काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले खाली सिलिन्डर प्रदर्शन गरेको छ । आइतबार राजधानीको प्रदर्शनी मार्गमा ६ विद्यार्थी संगठनले ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका हुन् ।
Advertisement
विरोध प्रदर्शनमा अखिल (छैठौं), एकीकृत समाजवादी निकट अनेरास्ववियु, माओवादी केन्द्र, वैद्य र विप्लव निकट अनेरास्ववियु क्रान्तिकारी र जनता समाजवादीको सहभागिता रहेको थियो ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘मलाई बल्न देऊ, आयल निगमका प्रमुख सुरेन्द्र पौडेललाई बर्खास्त गर, आयल निगमले व्यापार गर्न पाइँदैन, मूल्य वृद्धि चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेका थिए ।
मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीहरुले कात्तिक २५ देखि मंसिर ५ सम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।