• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपाल–भारत साहित्य उत्सव चितवनको सौराहामा


  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ ।

    Advertisement

    कविडाँडा साहित्य समाजको उन्नाइसौँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो ।

    उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी हुने बताइएको छ । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुबर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिनुभयो । यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उहाँले बताउनुभयो । उत्सवको सबै तयारी पूरा भएको छ ।

    कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा छ कार्यपत्र प्रस्तुत हुने छ । भारतीय सहभागी साहित्यकार नेपाली मूलका रहने छन् । कार्यपत्र प्रस्तोता नेपाल र भारतका तीन तीन जना रहने छन् ।

    अध्यक्ष क्षेत्रीका अनुसार भारतका गोमा अधिकारी, डा. नवीन पौडेल, डा. टिबी क्षेत्री तथा नेपालका डा. केशव चालिसे, डा. अशोक थापा र लीला लुइँटेलले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

    कार्यपत्रमा नेपाली साहित्यलाई विश्व बजारमा कसरी चिनाउने, विदेशमा रहेका नेपालीले यहाँको साहित्य प्रवद्र्धनमा गरेको योगदान, नेपाली साहित्यको अवस्थालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । तीनै विषयमा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा गरिँदै छ ।

    सबै सहभागीबाट रचना वाचनको कार्यक्रम पनि छ । सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार÷नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने छ । गीतकार तथा कवि श्रवण मुकारुङलाई “कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०७८” बाट सम्मानित गरिने कार्यक्रमसमेत रहेको क्षेत्रीले बताउनुभयो ।

    त्यसैगरी आख्यानकार श्याम शाह, कथाकार गायत्री अधिकारी तथा शान्ति शर्मा, युवा सर्जक निर्दोष जीवन तथा समालोचक तथा निबन्धकार डी.आर. शर्मालाई विभिन्न विधामा पु¥याएको योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिने कार्यक्रम छ ।

    कार्यक्रमको उद्घाटन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनुहुने छ भने समापन समारोहमा कालेबुङका कवि राजेन्द्र भण्डारी प्रमुख अतिथि रहने कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

    कवि एवम् पर्यटन व्यवसायी सुमन घिमिरेले सौराहामा नेपाल र भारतका साहित्यकारको जमघटले साहित्यिक गतिविधिसँगै पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने बताउनुभयो ।

    होटल जङ्गल सफारी लजका सञ्चालकसमेत रहनुभएका घिमिरेको संयोजनमा सौराहामा समय–समयमा साहित्यिक कार्यक्रम हुँदै आएको छ । उत्सव होटल जङ्गल सफारी लजमा हुने तय भएको छ ।

    शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • २.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ३.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ४.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • ५.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ६.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ७.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ८.
      लागुपदार्थसहित दम्पती पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.