काठमाडौं । कार्गो व्यवसायीहरुको संगठन फ्रेट फरवार्डस संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई यही कात्तिक १६ गते ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
प्रहरीका अनुसार उनीमाथि १६ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको आरोप लागेको छ । रातोपुलस्थित एक रेष्टुरेन्टमा आफूमाथि बलात्कार गरेको पीडित किशोरीले कमलपोखरी वृतमा जाहेरी दिएकी थिइन् ।
प्रहरीले केही दिन अघि उनलाई पक्राउ गरी आज (सोमबार) मुद्दा दर्ता गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।
अधिकारीविरुद्ध आज (सोमबार) मुद्दा दर्ता गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।