मनिराम खनाल
Advertisement
गाउँ–गाउँमा रक्सिका पसल खुलेका छन् ।
युवाहरु त्यसैमा भुलेका छन् ।
त्यही भएर समृद्व नेपाल भनेका छन् ।
गाँउ–गाँउमा प्रधानमन्त्री सोरोजगार खुलेका छन् ।
पन्ध्र सय युवा दैनिक विदेश गएका छन् ।
त्यही भएर समृद्व नेपाल भनेका छन् ।
भ्रष्टाचारीले दिन दिनै अकुत सम्पति जोडेका छन् ।
गरिब जनता महङगीको मारमा परेका छन् ।
त्यही भएर समृद्व नेपाल भनेका छन् ।
मेडीकल माफियाले स्वास्थ्य क्षेत्र कब्जा गरेका छन् ।
गरिब जनता उपचार नपाएर मरेका छन् ।
त्यही भएर समृद्व नेपाल भनेका छन् ।
समृद्व नेपाल सुखी नेपालीको नारा फलाकी गर्छन्
सक्तामा बसुेर विदेशीको दलाली सुखी नेपाली र समृद्व नेपाल हुदैन, संघियता नफाली
(दाङ घोराही)