• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोसी नदीमा पानीको बहाव बढ्दै, राजविराज जलमग्न


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । विगत दुई दिनदेखिको लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह निरन्तर बढिरहेको छ ।

    Advertisement

    सप्तरी र सुनसरी दुई जिल्ला जोडिने कोसी नदीमा लगातार परेको भारी वर्षाका कारण पानीको सतह बढ्दो क्रममा रहेको कोसी ब्यारेजले जनाएको छ ।

    आज बिहान १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पूर्वीपहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले अझै पानीको बहाव बढ्ने क्रममा नै रहेको कोसी ब्यारेज प्रशासनले जनाएको छ । नदीको पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् ।

    पानीको बहाव बढेपछि आवश्यकतानुसार थप ढोका खुला गरिने ब्यारेज प्रशासनले बताएको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च देखिएको हो । नदीमा पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कता सूचक रातो बत्ती बालिएको छ ।

    यसैबिच, जिल्ला प्रशासन कार्यालयले नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    राजविराज जलमग्न
    दुई दिनदेखि लगातार परेको वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सुन्दरी खोलामा यस वर्षकै सबैभन्दा बढी पानीको बहाव देखिएको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले बताउनुभयो । उहाँले यस खोलामा आएको वर्षाको बाढीले केही घरमा पानी पसेको छ ।

    यस्तै, जिल्लाको खाँडो नदीमा बाढी आएको छ । उक्त नदीमा आएको बाढीका कारण सप्तरीको दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा पर्ने खतरा रहेको गाउँपालिकाले जनाएको छ ।

    बलान नदीमा लगातारको वर्षाले पानीको बहाव उच्च रहेको देखिएको छ । सो नदीमा राति अबेरसम्म ठुलो बाढी आउन सक्ने स्थानीयवासीले जनाएका छन् । मुलुककै पुराना नगरपालिकामध्येका राजविराज नगरपालिकामा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ ।

    ढल निकासको उचित व्यवस्था नहँुदा सामान्य वर्षामा पनि नगर क्षेत्रका सडक तथा बजार अहिले जलमग्न भएका छन् । दुई दिनदेखि हावाहुरीसँगै आएको लगातारको वर्षाले राजविराज नगरपालिकाका मुख्य सडक तथा बजार डुबानमा परेको स्थानीयवासीले बताएका छन् ।

    अहिले वर्षाले अनुपराज धर्मशाला, राजविराज हटिया, राजविराजको खर्साल टोल, मिमाली टोल र सडक जलमग्न भएका छन् ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.