बागलुङ बजार । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङ, अखिल नेपाल शिक्षक सङ्घ जिल्ला समिति बागलुङ, शिक्षक सङ्घ गलकोट नगर समिति, राजमो गलकोट नगर समिति र राजमो वडा समिति हरिचौरको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल शिक्षक सङ्घ जिल्ला समिति बागलुङका अध्यक्ष मित्रदत्त ढकालका ममतामयी आमा गलकोट नगरपालिका वडा नं. ५ हरिचौर निवासी जगीकुमारी ढकालको ९२ वर्षको उमेरमा २०७८ असोज २७ गते भएको निधन भएपछि शोक व्यक्त गर्दै २०७८ कार्तिक २ गते सातौँ दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो बागलुङका सल्लाहकार बेदिलाल सापकोटा, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका सचिव पुष्कर सापकोटा, अखिल नेपाल शिक्षक सङ्घ गलकोटका उपाध्यक्ष भीम पुन, राजमो गलकोटका सदस्य तथा अखिल नेपाल महिला सङ्घ गलकोटका अध्यक्ष देवी खत्री, राजमो हरिचौरका अध्यक्ष अमर खत्रीलगायतले श्रद्धाञ्जली दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल शिक्षक सङ्घ गलकोटका सचिव शेरबहादुर थापाले गर्नुभएको थियो ।
