काठमाडौं । नेकपा (मसाल) ले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य लाभको कामना गरेको छ ।
वैद्य स्वास्थ्यमा समस्या आएछि आइतबार काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । दम रोगबाट पीडित वैद्य दम बढेपछि अस्पताल भर्ना हुनुभएको क्रान्तिकारी माओावदीले जनाएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले आइतबार एक विज्ञप्ति प्रकाशित गरी नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
‘नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव कामरेड मोहन वैद्य काठमाडौ स्थित नर्भिक हस्पीटलमा उपचारार्थ भर्ना भएको जानकारी प्राप्त भएको छ । हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’ महामन्त्री सिंहले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।
यो पनि…….नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य अस्पताल भर्ना