• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दसैँगीत नगाऊ छोरी


  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
  • खगेन्द्र जोशी

    Advertisement

    ‘दसैँ आयो,
    आहा नाना लाउँला,
    माछुभात खाउँला,
    लमाइलो गलौँला ।’
    जब मेरी सानी छोरी
    तोते बोलीमा दसैँ आएको
    जनाउ दिने गीत गाउन थाल्छे
    तब विरहले भरिएको मेरो मन
    छियाछिया भएर चिरिन्छ ।
    अनि दन्दनाउँछ आक्रोशको ज्वाला
    र म भन्छु छोरीलाई,
    ‘भो बा नगाऊ त्यो गीत
    दसैँ हाम्रा लागि होइन छोरी
    अरू कसैका लागि हो।
    मैले तिमीलाई आहा नाना र मासुभात
    खुवाउन सक्दिन छोरी ।
    न त यो उजाड बस्तीमा
    हामी रमाउन नै सक्छौं ।
    अनि हाम्रा लागि के दसैं ? के तिहार ?
    तिम्रो बुबा तिमी जन्मेकै महिना दिनपछि
    साहुको रिन तिर्न अनि तिमी र मलाई
    एकसरो आहा नाना ल्याउन भनी,
    लाहुर पसेका थिए ।
    साहुको धन र आहा नानाको सट्टामा
    कारगिलमा तिम्रो बुबा ढलेको खबर आयो ।
    म जस्तै तिमी पनि सानैमा टुहुरी भयौ ।
    डुब्ने बेलामा त्यान्द्रोको सहारा भनै झैं,
    तिम्रा दुइटा मामाको भर पाइएला कि
    भनी सोचेकी थिएँ ।
    जेठो चाहिँ देशको सेवा गर्छु अनि
    परिवारको गर्जो टार्छु भनी
    राष्ट्र रक्षक भएथ्यो ।
    यस देशका शासक भनाउँदा लुटेराहरूले
    देशको होइन आफ्नो सेवामा लगाए ।
    कान्छो चाहिँलाई
    केही छट्टु विद्रोही भनाउँदाहरूले
    गरिबीबाट मुक्ति दिलाउने सपना देखाएर
    जनयुद्धका नाममा मृत्युको भुमरीमा
    हाम फाल्न लगाए ।
    पोहोर साल एउटा भिडन्तमा
    दुवै पक्षबाट दुई भाइ आपसमै लड्दा
    दुवै ठहरै भए ।
    मैले दिनभर
    जमिन्दारको खेतमा जोतिँदा पनि
    साँझ बिहानको चुलो मुस्किलले जल्छ ।
    भन त बाबा ! तिम्रा लागि आहा नाना
    म कसरी किनिदिनसक्छु ?
    तिम्रो बुबाको पुर्ख्यौली सम्पत्तिका नाममा
    एउटा सानो बारी थियो,
    सालभर त्यसमा हड्डी घोट्दा
    महिना दिन बल्ल
    आधा पेट भर्ने अन्न फल्थ्यो ।
    तिम्रो बुबा लाहुर जाँदा लिएको ऋण
    दुई वर्षमै चार दोब्बर बनाएर
    त्यो पनि जमिन्दारले नै हड्पिसक्यो ।
    खोले खुवाएर छाक टार्ने
    गरिब आमाकी टुहुरी छोरी
    मासु भात खाने कुरा
    हाम्रा लागि सपना नै हो बाबा ।
    त्यसैले पुरा नहुने सपना
    तिमी देख्दै नदेख मेरी नानी ।
    कसैले विदेशीका लागि
    रगत बगाएर
    कसैले यस देशका भ्रष्ट शासकका लागि
    रगत बगाएर
    अनि कसैले छट्टु अवसरवादीहरूको
    कुर्सीको मोलमोलाइको शक्ति बढाउनका लागि
    रगत बगाएर
    रित्तिएको यो बस्ती
    जुन मसानझैँ सुनसान छ,
    जुन मरुभूमिझैँ उजाड छ,
    त्यहाँ कसले कसरी
    रमाइलो गर्न सक्छ ?
    मृत्युको व्यापार हुने मसान घाटमा
    खुसियाली र रमाइलोको कोरा कल्पना
    गर्न छोडिदेऊ मेरी प्यारी छोरी ।
    त्यसैले तिमी अबदेखि
    त्यो दसैँको झुट्टा गीत
    गाउँदै नगाऊ ।
    बरु गाऊ वेदनाका गीतहरू,
    खोज यी पीडाका कारणहरू ।
    जब कारण पाउने छ्यौ,
    तब मुक्ति गीत गाउने छ्यौ ।
    त्यसमा संघर्षको संगीत भरेर
    चेतनाको ज्योति फिँजाउने छ्यौ ।
    जब बारुद मात्र बन्दुकमा होइन,
    हरेक मान्छेको मस्तिष्कमा पनि भरिनेछ,
    जब जनमुक्तिको यात्रामा
    सिनेमाको हिरो झैँ,
    आफूलाई क्रान्तिको ठेकेदार ठान्ने
    केही दुस्साहसवादी व्यक्ति मात्र होइन,
    सारा मजदुर किसानहरू,
    शोषित पीडितहरू,
    दलित अपहेलितहरू,
    हातमा हतियार बोकेर
    क्रान्तिमा लामबद्ध हुनेछन् ,
    तब वास्तविक जनयुद्धले
    साकार रूप लिनेछ ।
    अनि लाखौंलाई सुकाएर
    दुईचार मोटाउने,
    परम्परा बोकेको
    फटाहाहरूको जाली संसार
    गर्ल्यामगुर्लुम ढल्नेछ
    र जनताको राज आउनेछ ।
    जहाँ कसैले कसैमाथि
    शोषण गर्न पाउने छैन ।
    जहाँ ठालुले गरिबलाई ऋण बोकाएर
    विदेश पस्न बाध्य पार्ने छैन ।
    जहाँ कसैले कसैका लागि
    मर्नु र मारिनु पर्ने छैन ।
    जहाँ कसैले खाना नपाएर
    भोकै मर्नु पर्ने छैन ।
    जहाँ न्याय, समानता र स्वतन्त्रता कायम हुनेछ
    हो, तब मात्र
    बल्ल हामीहरूको
    सुन्दर संसार सजिनेछ ।
    अनि तिम्रो मुक्ति गीत
    विजय गीत बनेर घन्किनेछ ।

    (सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक खगेन्द्र जोशीले करिब दुई दशकअघि लेखेको कविता । अहिले पनि सान्दर्भिक ठानेर यहाँ प्रस्तुत गरिएको छ ।)

    बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.