• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वर्तमान राजनीतिक परिवेशमा नेपालमा संसदीय व्यवस्थाको प्रगतिशील महत्त्व : मसाल


  •   बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले वर्तमान राजनीतिक परिस्थितिमा नेपालमा संसदीय व्यवस्थाको प्रगतिशील महत्त्व रहेको बताएको छ ।

    Advertisement

    पार्टीको ठम्याइ छ : विश्वस्तरमा संसदीय व्यवस्था प्रतिक्रियावादी भए पनि नेपालको वर्तमान राजनीतिक परिवेशमा त्यसको प्रगतिशील महत्त्व रहेको छ ।

    पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७८ असोज २१ गते जारी प्रेसवक्तव्यमा पार्टीको यस्तो धारणा अभिव्यक्त भएको हो ।

    मुख्यतः राजावादी र उनीहरूलाई भारतीय साम्राज्यवादले समर्थन गरेपछि नेपालमा गणतन्त्र र धर्म निरपेक्षतालाई उल्ट्याउने प्रयत्न भइरहेको मसालले ठम्याएको छ । गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धको प्रतिगामी प्रयासमा कतिपय वामपन्थी पार्टीको भूमिकाबाट समेत अप्रत्यक्ष रूपमा सहयोग पुगेको वक्तव्यमा उल्लेख छ ।

    एमसिसीको विरुद्धमा सङ्घर्ष गर्दा राजावादी शक्तिसित एकता नगर्ने मसालको धारणा रहेको वक्तव्यमा उल्लेख छ । तर २२ दलका कतिपय पक्षले राजावादी शक्तिसँग समेत कार्यगत एकता गर्ने प्रवृत्ति देखाएकोमा वक्तव्यमा त्यसप्रति विरोध व्यक्त गरिएको छ ।

    गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाको सवालमा राजावादी शक्तिसित एकता गर्न नहुने अवधारणा अभिव्यक्त भएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “१. अहिले देशमा गणतन्त्र, धर्म निरपेक्षता र विभिन्न जनआन्दोलन र जनसङ्घर्षका उपलब्धिलाई रक्षा गर्नुपर्ने कुरामा हामीले जोड दिएका छौँ । हामीले यो कुरा पनि स्पष्ट गरेका छौँ कि विश्वस्तरमा संसदीय व्यवस्था प्रतिक्रियावादी सावित भइसकेको भए पनि नेपालको वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा त्यसको प्रगतिशील महत्त्व रहेको छ । यसअन्तर्गत गणतन्त्र, धर्म निरपेक्षता र आन्दोलनका उपलब्धि समाविष्ट छन् । यस सन्दर्भमा हाम्रो यो पनि स्पष्ट दृष्टिकोण रहेको छ कि यी सबै बुर्जुवा राजनीतिक व्यवस्थाअन्तर्गत रहेका छन् तर नेपालको गणतन्त्र, धर्म निरपेक्षता र विभिन्न आन्दोलनका उपलब्धि राजतन्त्रका विकल्पमा जनआन्दोलन र जनसङ्घर्षले स्थापित गरेका मूल्य हुन् । यिनीहरूलाई समाप्त पार्नका लागि राजावादी तथा विभिन्न प्रतिगामी शक्तिहरू सुरुदेखि क्रियाशील रहँदै आएका छन् । गणतन्त्र र धर्म निरपेक्षताको संस्थागत विकास भइनसकेको अवस्थामा प्रतिक्रियावादी शक्तिहरूले नेपालको संसदीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता र आन्दोलनका उपलब्धिसमेतका विरुद्ध जाने सबै पक्षलाई उपयोग गरेर देशमा प्रतिगमनको स्थितिलाई मजबुत बनाउनका लागि उनीहरूले पूरै शक्ति लगाइरहेको कुरा स्पष्ट छ ।

    २. हाम्रो पार्टीको अहिलेको नेपालको संसदीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता र आन्दोलनका उपलब्धिको रक्षामा जोड दिने नीतिलाई कतिपय वामपन्थी पक्षले पनि विरोध र आलोचना गरिरहेका छन् । हाम्रो त्यो नीतिलाई विरोध वा आलोचना गर्न उनीहरूलाई अधिकार भए पनि उनीहरूले अपनाउने अहिलेको कार्यदिशाप्रति पनि हाम्रो ध्यान जानु आवश्यक छ ।

    जस्तै कि माथि भनियो, विश्वस्तरमा संसदीय व्यवस्था प्रतिक्रियावादी सावित भएको भए पनि नेपालमा त्यसको प्रगतिशील महत्त्व रहेको छ । नेपालमा लामो समयदेखि सामन्तवादी राज्यव्यवस्था कायम रहँदै आएको थियो र त्यसको आधारभूत धरातल अहिले पनि कायम छ । नेपालमा संस्थागत रूपमा प्रजातन्त्र वा लोकतन्त्रको लामो इतिहास रहेको छैन । अहिले पनि देश अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेकाले सामन्तवादको घोडा चढेर विभिन्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूले जनआन्दोलनका उपलब्धिलाई समाप्त पार्ने प्रयत्न गरिरहेका छन् । उनीहरूले नेपालमा राजतन्त्रको पुनस्र्थापना गर्ने र हिन्दु राज्य बनाउन पूरा शक्ति लगाइरहेका छन् । यसरी राजतन्त्र र हिन्दु राज्य विरुद्ध रहेको गणतन्त्र र धर्मनिरपेक्षता उनीहरूको उद्देश्य प्राप्तिको बाधा बन्न गएको कुरा प्रष्ट छ । त्यो अवस्थामा राजावादी शक्तिलगायतका प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध आफ्नो शक्ति केन्द्रित गर्दै आएका छन् । त्यसका लागि उनीहरूले अस्पष्ट कार्यदिशा भएका, यदि गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्न सफलता प्राप्त भएमा उनीहरूको राजतन्त्र र हिन्दूराज्य पुनस्र्थापना गर्ने मूल उद्देश्यमा बाधा नपु¥याउने वा बाधा पुर्याउन खोजे पनि त्यसको असर नपर्ने विभिन्न पक्षलाई समेत उपयोग गर्ने प्रयत्न गरिरहेका छन् ।

    वर्तमान अवस्थामा विश्वस्तरमा र देशको पनि आत्मगत र वस्तुगत राजनीतिक परिस्थितिमाथि ध्यान दिँदा नेपालमा जनगणतन्त्र वा समाजवादी व्यवस्था प्राप्त हुने आधार तयार भएको छैन । त्यो अवस्थामा जनसङ्घर्ष र जनआन्दोलनद्वारा स्थापित अहिलेको गणतन्त्र, धर्मनिरपेक्षता वा जनआन्दोलनका उपलब्धिको समाप्ति हुनु भनेको देश प्रतिगमनतर्फ जानु नै हुन्छ । त्यसरी राजावादी र विभिन्न प्रतिगामी शक्तिहरूबाहेकका विभिन्न वामपन्थी पक्षले समेत वर्तमान गणतन्त्र, धर्म निरपेक्षता वा जनआन्दोलनका उपलब्धिका विरुद्ध गर्ने गतिविधि “क्रान्तिकारी” आवरणमा भएको भए पनि त्यसले उनीहरूलाई कहाँ पु¥याउने छ ? त्यो स्पष्ट छ ।

    ३. गणतन्त्र र धर्म निरपेक्षताको विरोध गर्ने गरी अपनाइएका कार्यदिशाले प्रतिगामी शक्तिको उद्देश्यलाई मद्दत पुग्न जाने खतराबारे हामीले बारम्बार दोहो¥याउँदै आएका छौँ । गणतन्त्रअन्तर्गत शासन गर्न पुगेका कतिपय व्यक्ति, राजनीतिक सङ्गठन वा सरकारका गलत कार्यशैलीका कारण जनतामा वितृष्णा पैदा हुन गएको छ तर त्यो सम्पूर्ण दोष गणतन्त्रको भएको कुरा उल्लेख गरेर राजावादी र विभिन्न प्रतिगामी शक्तिहरूले गणतन्त्रका विरुद्ध नै अभियान चलाउँदै आएका छन् । त्यो सन्दर्भमा विभिन्न वामपन्थी सङ्गठनले समेत संसदीय व्यवस्थाको विरोध गर्ने नाममा सकारात्मक उपलब्धिको समेत विरोध गर्ने नीति लिएका छन् । उनीहरूले राजावादी वा प्रतिगामी शक्तिले गणतन्त्रलाई समाप्त गर्नका लागि हतियारको रूपमा प्रयोग गर्ने तथाकथित राष्ट्रियताको नारालाई समर्थनसमेत गरेको पाइन्छ । त्यो राजापरस्त सोचाइका कारणले उनीहरूले वर्तमान संसदीय व्यवस्था, गणतन्त्र र धर्म निरपेक्षता वा जनआन्दोलनका उपलब्धिभन्दा राजा वा राजावादी शक्तिलाई बढी नजिक देख्न पुगेका छन् । त्यसका लागि उनीहरूले राजावादीहरूसित नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने कुरामा समेत जोड दिन थालेका छन् । यो चिन्ताको विषय हो कि त्यसले उनीहरूलाई अग्रगामी दिशामा होइन, प्रतिगमनको कित्तामा नै पु¥याउने छ ।

    ४. राष्ट्रियता, जनजीविकालगायतका कतिपय विषयसित सम्बन्धित रहेर हामीले २२ दलमा रहेर संयुक्त सङ्घर्ष पनि गर्दै आएका थियौँ र छौँ । त्यसअन्तर्गत खासगरी लिपुलेक, कालापानी, लिम्पियाधुरामाथि भारतीय साम्राज्यवादको हस्तक्षेप र एमसिसी सम्झौता विरुद्ध गरिएका सङ्घर्ष मुख्य रहेका छन् । अहिले पनि हाम्रो जोड २२ दलको कार्यगत एकतालाई निरन्तरता दिनेमा नै रहेको छ । एमसिसी विरुद्धको सङ्घर्षमा राजावादीसित अहिले कुनै पनि कार्यगत एकता नगर्ने हाम्रो नीति रहेको छ । उनीहरूले गणतन्त्र र आन्दोलनका उपलब्धिका विरुद्ध नै आफ्नो उद्देश्यलाई केन्द्रित गरेकाले अहिले उनीहरूसित कुनै पनि कार्यगत एकता हुने सम्भावना रहेको छैन तर २२ दलमा रहेका कतिपय पक्षले राजावादीसित समेत कार्यगत एकता गरेर एमसिसी विरोधमा जाने नीति अपनाएका छन् । त्यो सन्दर्भमा उनीहरूले राजावादीले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध अपनाउने नीतिको पनि समर्थन गर्ने छन् वा छैनन् ? त्यो अहिले भन्न सकिन्न तर वर्तमान संसदीय प्रणालीलाई भन्दा राजासित नयाँ ढङ्गले अगाडि बढ्ने प्रकारको सोचाइबाट प्रतिगमनको सेवा हुने कुराप्रति हामीले सम्बन्धित सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.