वीरेन्द्रनगर । अखिल (छैठौं) सुर्खेतको पन्ध्रौँ जिल्ला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।
भेलाले हरि बुढाको अध्यक्षता जिल्ला तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष महेश शर्मा, सचिवमा सबिना शाही र कोषाध्यक्षमा झरना राना रहनुभएको छ ।
त्यस्तै, सदस्यमा लेनिन रेग्मी, निर्मला पोखरेल, मिलन थापा, निर्मला तिवारी, शिव नेपाली, पुष्पा पौडेल र जीवन शर्मा रहनुभएको छ ।
भेलामा राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का हिरा नेपाली, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्मराज दानी, राजमो कर्णाली प्रदेश समितिकी सदस्य गीता आचार्य, जिल्ला कोषाध्यक्ष विष्णु शर्मा र अखिल नेपाल बुद्धिजीवी सङ्घ सुर्खेतका पूर्णबहादुर शाहीले शुभकामना दिनुभएको थियो ।
भेलाको सञ्चालन लेनिन रेग्मीले र अध्यक्षता हरि बुढाले गर्नुभएको थियो ।
