• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हामी प्रगतिशील प्रकारको गणतन्त्रको पक्षमा छौँ : आनन्द शर्मा


  •   बुधबार, असोज २०, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले राष्ट्रिय जनमोर्चा प्रगतिशील प्रकारको गणतन्त्रको पक्षमा रहेको बताउनुभएको छ ।

    Advertisement

    राजमो बागमती प्रदेश समितिको आयोजनामा २०७८ असोज २० गते काठमाडौँको शान्तिवाटिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    सम्बोधनको क्रममा विश्वमा गणतन्त्रका विभिन्न स्वरूप रहेको बताउँदै आफूहरू सबैभन्दा प्रगतिशील गणतन्त्रको पक्षमा रहेको बताउनुभयो ।

    ‘गणतन्त्र विभिन्न प्रकारका छन्’ उहाँले भन्नुभयो– ‘अहिले नेपालमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र निरङ्कुश राजतन्त्रको तुलनामा प्रगतिशील गणतन्त्र हो ।’

    उहाँले विषयवस्तुको अझ व्याख्या गर्दै भन्नुभयो– ‘अहिलेको गणतन्त्रले मिहिनेतकस जनताका सबै समस्याको समाधान गर्न सक्दैन । त्यसकारण हामी यो भन्दा पनि प्रगतिशील प्रकारको गणतन्त्रको पक्षमा छौँ ।’

    ‘हामी विद्यमान गणतन्त्रलाई समाप्त गरेर नयाँ जनवादी गणतन्त्र ल्याउन चाहान्छौँ’ उहाँले भन्नुभयो– ‘तर त्यस प्रकारको परिस्थिति परिपक्व नहुँदासम्म हामी यो गणतन्त्रभन्दा पछि फर्केर निरङ्कुश राजतन्त्रतर्फ जान सक्दैनौँ ।’

    उहाँले जनताको गणतन्त्रतर्फको यात्रा क्रमशः अगाडि बढ्ने बताउँदै नयाँ जनवादी व्यवस्थापछि पनि समाजवादी गणतन्त्रतर्फ मानव समाज अघि बढ्ने बताउनुभयो ।

    ‘अहिले गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने अवस्था छ’ उहाँले प्रष्ट्याउनुभयो– ‘देशभित्रका प्रतिगामी, भारतीय साम्राज्यवाद र वामपन्थी सङ्कीर्णवादको संयुक्त आक्रमणबाट विद्यमान गणतन्त्रको रक्षा गर्नुपर्ने अवस्था छ ।’

    सम्बोधनको क्रममा उहाँले ५५ अरब रुपियाँका लागि नेपालले आफ्नो राष्ट्रिय स्वाधीनता गुमाउन नसक्ने बताउनुभयो ।

    एमसिसीको सन्दर्भ उठाउँदै उहाँले नेपाली जनताले त्यसको विरुद्ध लगातार खबरदारी गर्ने बताउनुभयो ।

    ‘एमसिसीको विरुद्धमा देशव्यापी रूपमा देशभक्त तथा गणतान्त्रिक शक्तिहरू आन्दोलनमा छन्’ उहाँले भन्नुभयो– ‘यदि ठुला दलहरूले षड्यन्त्रपूर्ण तरिकाले एमसिसी पारित गरिहाले पनि नेपाली जनताले त्यसलाई लागु गर्न दिने छैनन् ।’

    सङ्घीयताको सन्दर्भमा उहाँले राजमोले सुरुदेखि नै सङ्घीयताको विरोध गर्दै आइरहेको स्मरण गराउनुभयो ।

    ‘सङ्घीयतालाई प्रायोजित रूपमा अन्तरिम संविधानमा सामेल गरेदेखि नै हामीले त्यसको विरोध गरिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘सङ्घीयता खारेज गर्ने हाम्रो आन्दोलन अहिले पनि जारी छ । अहिले त जनता आफ्नै अनुभवबाट सङ्घीयता के हो भनेर बुझ्न थालिसकेका छन् ।’

    ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा जानुपर्दछ’ नेता शर्माले भन्नुभयो– ‘तर सङ्घीयता खारेज गर्नुपर्दछ । सङ्घीयताले प्रजातान्त्रिक विकेन्द्रीयताको भूमिका पूरा गर्दैन ।’

    सम्बोधनको क्रममा राजमो नेता शर्माले पाँचदलीय गठबन्धनमा आफूहरू सामेल रहे पनि सरकारमा सामेल नहुने, बरु गुणदोषको आधारमा सरकारको कामको समर्थन वा विरोध गर्ने प्रष्ट पार्नुभयो ।

    ‘यो सरकार प्रतिगमनलाई परास्त गरेर बनेको सरकार हो’ उहाँले भन्नुभयो– ‘तर यो सरकारमा सामेल भएर जनताको पक्षमा काम गर्न सकिन्न भन्नेमा हामी प्रष्ट छौँ । त्यसकारण हामी सरकारमा जाँदैनौँ ।’

    कार्यक्रममा राजमोका अर्का केन्द्रीय सदस्य घनश्याम न्यौपाने, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंहले पनि मन्तव्य राख्नुभएको थियो ।

    सभामा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरे, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी, राजमो काठमाडौँका अध्यक्ष झविन्द्र खनाल, राजमो सिन्धुपाल्चोकका अध्यक्ष दीर्घबहादुर सुवेदी र राजमो काभ्रेका अध्यक्ष सुवर्णविक्रम थापाको पनि आतिथ्यता रहेको थियो ।

    राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष लालबहादुर थापाको अध्यक्षता तथा राजमो काठमाडौँका शिवहरि खनालको सञ्चालनमा अघि बढेको विरोधसभामा राजमो केन्द्रीय सदस्य लक्ष्मी केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले “उठ किसान मजदुर” र “झुक्दिैन शिर हाम्रो” शीर्षकको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    बुधबार, असोज २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.