• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अटल आस्थाका धरोहर लाहानु चौधरी !


  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
  • कञ्चनपुर । कञ्चनपुरमा नेकपा (मसाल) को इतिहास र राजनीतिसँग निरन्तर जोडिने नाम हो लाहानु चौधरी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी, पौलाहका लाहानु २०४६ सालमा नेकपा (मसाल) मा आवद्ध हुनुभयो । त्यसयता लगातार पार्टी र आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ ।

    Advertisement

    २०४६ सालको जनआन्दोलनमा लाहानुले पार्टीको तर्फबाट अग्रणी भूमिका खेल्नुभयो । पञ्चायती व्यवस्थाको अन्तपछि देशमा बहुदलीय व्यवस्था स्थापना भयो । नेकपा (मसाल) ले २०४८ सालको आम निर्वाचन बहिष्कार गर्ने निर्णय गर्यो । संविधान सभाको निर्वाचनमार्फत जनताका प्रतिनिधिहरुले नै संविधान लेख्न पाउनुपर्ने मसालको अडान थियो ।

    संविधान सभाको निर्वाचन माग गर्दै कञ्चनपुरमा भएको बहिष्कार आन्दोलनको नेतृत्व लाहानु चौधरीलगायतको टिमले गरेको थियो ।
    चौधरी सम्झनुहुन्छ, ‘त्यतिबेला कञ्चनपुरमा एकातिर मसालको तीब्र संगठन विस्तार भइरहेको थियो, अर्कोतिर निर्वाचन बहिष्कार आन्दोलन चलेको थियो । संविधान सभाको चुनाव माग गर्दै हामीले ठाउँ ठाउँमा कालो झण्डा देखायौं । सानो टिम भएपनि बहिष्कार आन्दोलन उत्साहका साथ सञ्चालन गरेका थियौं ।’

    कञ्चनपुरमा मसालको संगठन निर्माण गर्न अग्रणी भूमिका खेलेका चौधरी पार्टीले सञ्चालन गर्ने हरेका संघर्षमा सामेल हुँदै आउनुभएको छ ।

    तत्कालिन राजा ज्ञानेन्द्रले लागू गरेको निरंकुश व्यवस्थाको विरोधमा भएको आन्दोलन वा माओवादीको कथित जनयुद्धका क्रममा पार्टीले सञ्चालन गरेको भण्डाफोर अभियानमा उहाँको उल्लेखनीय योगदान रहयो । पार्टीले ‘माओवादी होसमा आऊ, गरीब जनता नसताऊ’ भन्दै सञ्चालन गरेको संघर्षमा चौधरीले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

    कथित जनयुद्धका क्रममा माओवादी र राज्य पक्षबाट विभिन्न स्थानमा जनतामाथि चरम ज्यादती भएपनि मसालको प्रभाव रहेका स्थानमा भने त्यस्तो ज्यादती निकै कम थियो । कारण हो, पार्टीको ‘न सुराकी, न खुराकी’ को नीति । जसलाई लाहानु चौधरी जस्ता अग्रज नेता कार्यकर्ताहरुले दृढतापूर्वक लागू गरेका थिए र जनतामाथि हुने हरेक ज्यादतीको अग्रपंक्तिमा उभिएर विरोध र भण्डाफोर गरेका थिए ।

    लाहानु चौधरी नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाका विभिन्न जिम्मेवारीमा रहेर पार्टीले दिएका जिम्मेवारी पुरा गर्दै आउनुभएको छ । त्यसक्रममा उहाँ राष्ट्रिय जनमोर्चाको केन्द्रीय सल्लाहकारसमेत रहनुभयो । चर्चामा आउन नचाहने र सानो जिम्मेवारी लिएर कुशलतापूर्वक निर्वाह गर्न चाहाने स्वभाव भएका चौधरी पार्टी र क्रान्तिप्रतिको अटल आस्थासँगै इमान्दारीताका प्रतिकसमेत हुनुहुन्छ ।

    २०४८ सालको निर्वाचन बहिष्कार गरेको मसालले त्यसयताका निर्वाचनमा भने अखिल नेपाल किसान संघ र राष्ट्रिय जनमोर्चामार्फत भाग लिँदै आएको छ । लाहानु चौधरीले हरेक निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजय गराउन सक्दो सहयोग गर्दै आउनुभएको छ ।

    नेकपा (मसाल) को नीति, सिद्धान्त र संगठनप्रति अटल आस्थाका प्रतिक लाहानु चौधरी पछिल्लो समय केही व्यक्तिहरुले पार्टीमा फुट पार्न गरिरहेको फुटपरस्त गतिविधिप्रति चिन्तित देखिनुभएको छ । सुदूरपश्चिम प्रदेश र कञ्चनपुरसहित केही जिल्लामा एक समूहले गरेको फुटपरस्त गतिविधिप्रति चौधरीले चिन्ता जाहेर गर्नुभएको छ ।

    उहाँले पार्टीबाट फुटेर जान खोज्ने समूहलाई आफूले सम्झाइबुझाई गरेर पार्टी र आन्दोलन नछोड्न आग्रह गरेको पनि बताउनुभयो ।
    केही दिनअघि कञ्चनपुरमा फुटपरस्त समूहले गरेको कथित भेलामा उनीहरुले एकैछिन भएपनि आइदिनुपर्यो भनेर हैरान पारेपछि आफू त्यहाँ गएको तर, त्यहाँको वातावरण देखेपछि फर्किएको चौधरीले बताउनुभयो ।

    ‘लामो समयसम्म पार्टीमा सँगै काम गरेका साथीहरु थिए । मलाई भेलामा आइदिनुपर्यो भनेर हैरान पारे । त्यसकारण म एक छिन गएको हुँ’ चौधरीले भन्नुभयो, ‘तर, त्यहाँ मैले केही व्यक्तिहरुबाहेक पार्टीका साथीहरु देखिन । उनीहरुको उद्देश्य बेग्लै पार्टी बनाएर जाने बुझेपछि म त्यहाँबाट फर्किएँ ।’

    चौधरीले आफूलाई सो समूहले कथित समानान्तर समितिमा राखेको बारे भने अनभिज्ञता प्रकट गर्नुभयो । बरु पार्टीले एमसीसीको विरोध, संघीयताको खारेजी, राष्ट्रियता र जनजीवीका प्रतिको आन्दोलन अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो ।

    ‘हामी पार्टी र क्रान्तिप्रतिको आस्थाका आधारमा समर्पित कार्यकर्ता हौँ । त्यसबाहेक अन्यथा सोच्न सकिँदैन’ उहाँले भन्नुभयो, ‘मलाई त्यो समितिमा राखिएकोबारे थाह छैन । मतलब पनि छैन ।’

    यो पनि…….फुटपरस्त गतिविधि ‘विनासकाले बिपरित बुद्धि’ : नेता सुवेदी

    सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.